एजेन्सी । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको समूह जी को खेलमा बार्सिलोनाले युभेन्टसलाई पराजित गरेको छ । युभेन्टसको घरेलु मैदानमा बार्सिलोना २-० को जित दर्ता गर्न सफल भयो ।
खेलको १४ औं मिनेटमा नै बार्सिलोनाले ओस्मान डेम्बेलेको गोलमा अग्रता लिएको थियो । कप्तान लिओनेल मेस्सीले दिएको लामो पासलाई नियन्त्रणमा लिँदै दुई डिफेन्डरको बीचबाट डेम्बेलेले गरेको प्राहार गोलरक्षक वोजचिएक सेचेज्नीले बचाउन सकेनन् ।
युभेन्टसका फरवार्ड अल्भारो मोराटाले दुई पटक गोल गरेपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै गोललाई मान्यता दिएनन् । ६९ औं मिनेटमा अद्रिएन राबीओटले पाएको अवसर सदुपयोग गर्न नसक्दा युभेन्टस खेलमा फर्कनबाट चुक्यो । लगत्तै एन्टोइन ग्रिजमनको प्रहार पोस्टभन्दा थोरैले बाहिरिंदा बार्साले अग्रता दोब्बर पार्न सकेन ।
खेलको ८५ औं मिनेटमा युभेन्टस १० खेलाडीमा सिमित भयो । युभेन्टसका डिफेन्डर मरिह डेमीरालले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस्