मेचीनगरका प्रमुख विमल आचार्यलाई कोभिड–१९ को थप उपचारका लागि भारतको सिलिगुढी लगिएको छ।

कोभिड–१९ बाट १६ दिनअघि संक्रमित भएपछि उनी केही दिन होम आइसोलसन र त्यसपछि लगातार विराटनगरको नोबेल हस्पिटलमा उपचाररत थिए।

मधुमेहका बिरामी उनलाई स्वास्थ्य झन् कमजोर हुँदै गएपछि हिजो  साँझ एम्बुलेन्समार्फत काँकडभिट्टा हुँदै सिलिगुढी लगिएको परिवारले जनाएको छ।