सांकेतिक तस्विर

हेटौंडा । मकवानपुरमा कोरोना भाइरस पुष्टि भएर सक्रिय संकमित उपचाररत रहनेको संख्या ८ सय ३३ जना रहेका छन् ।

जसमा आइसोलेसनमा ४९ जना र ७ सय ८९ जना होम आइसोलेसनमा उपचाररत रहेका छन् । मकवानपुरमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ८ सय ५३ जना रहेका छन् । जसमा १ हजार ९ सय ८६ जना संक्रमित संक्रमण मुक्त भइसकेका छन् ।

मकवानपुरमा कोरोनाको कारण हालसम्म २३ जनाको ज्यान गएको छ । जसमा हेटौंडा उपमहानगरपालिकाका १८ जना,थाहा नगरपालिकाका २ जना,मनहरी,बकैया र बागमती गाउँपालिकाका १/१ जना गरी २३ जना रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।