हेटौंडा । मकवानपुरमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २ हजार ८ सय ५३ जना पुगेका छन् ।

जिल्लामा आज मात्रै थप २७ जनामा कोरोना संमित थपिएका छन् । थप हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका २५ जना,बकैया र मनहरी गाउँपालिकाका १/१ जना गरी २७ जना रहेका छन् । कार्तिक ११ गते ४६ जनाको कोरोना परीक्षणको लागि लिईएको स्वाबको परीक्षण गएराति आएको रिपोर्टमा थप २७ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै जिल्लामा संक्रमण पुष्टि हुनेको संख्या २ हजार ८ सय ५३ पुगेको हो ।

जिल्ला जनस्वास्थ्य कार्यलय हेटौंडाका सूचना अधिकारी राम केसीका अनुसार जिल्लामा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ९ सय ८६ पुगेको छ ।

जिल्लामा हाल ८ सय ३३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ४९ जना आइसोलेसन र ७ सय ८९ जना होम आइसोलेसनमा उपचाररत रहेका छन् । हालसम्म जिल्लाबाट थप उपचारको लागि बाहिरी जिल्ला पठाईएको संख्या ९ रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।