एजेन्सी। पछिल्लो २४ घन्टामा बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय ६७ पुगेको विभिन्न अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएको छ ।

यो संख्या विगत पाँच महिना अर्थात मे पछिकै सबैभन्दा धेरै हो । योसंगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ हजार ३६५ पुगेको छ ।

यसैगरी २४ घन्टाभित्र थप २२ हजार ८८५ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य विभागले उल्लेख गरेको छ । दुई लाख ६१ हजार भन्दा बढी परीक्षण गरिएकोमा झन्डै २३ हजार संक्रमित फेला परेका हुन् ।

बेलायतमा कुल संक्रमित संख्या ९ लाख १७ हजार ५७५ पुगेको छ । पछिल्लो २४ घन्टामा एक हजार १५२ जना संक्रमित हस्पिटल भर्ना भएका छन् । हाल ८५२ संक्रमितलाई भेन्टिलेटर बेडमा उपचारार्थ राखिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।