बुधबार दसैं टीकाको तेस्रो दिन । आजपनि मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम चलिहरेको छ । सोमबार र मंगलबार टीका लगाउन नभ्याएका र टाढाटाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउने चलन छ ।

विगतका वर्षमा जस्तो यो वर्ष दसैंको उत्सव नभए पनि सहरदेखि गाउँसम्मै दसैंको सामान्य चहलपहल भने देखिन्छ ।  यसवर्ष कोरोना भाइरस (कोभिड-१९) सङक्रमण जोखिमका कारण चहलपहल र भेटघाट घटेको छ । धेरैले आफ्नै एकाघरमा मात्र टीका लगाएका छन् ।

नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीकका रुपमा पहेँलो जमरा लगाएर आर्शीवाद लिने दिने परम्परा छ । दसैंको नवरात्र ९ दिनसम्म दुर्गाको विशेष पूजा हुन्छ । दशमीका दिनपछि पाँच दिनसम्म दुर्गाको प्रसादको रुपमा टीका र जमरा ग्रहण गर्ने परम्परा रहेको छ ।

नेपालका कतिपय क्षेत्रमा विजयादशमीका दिनमात्र टीका लगाइन्छ भने अधिकांश क्षेत्रमा दशमीदेखि पूर्णिमासम्म दसैंको टीका लगाउने चलन छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।