
भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कार्तिक १९ गते चार सदस्यीय भ्रमण दलकासाथ नेपाल आउँदै आउने भएका छन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष नरवणे कार्तिक १९ गतेदेखि २१ गतेसम्म ( ४ देखि ६ नोभेम्बर) सम्म हुने तिन दिवसिय भ्रमण गर्ने भएको नेपाली सेनाले जनाएको छ ।
भ्रमणको क्रममा जनरल नरवणेले सैनिक मञ्चको विर स्मारकमा श्रद्दाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा आफ्ना समकक्षी महारथी पूर्णचन्द्र थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणको मुख्य अंशको रुपमा नेपाली सेना र भारतीय सेना विचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोह विच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने छिन् । साथै भ्रमणको क्रममा उनले प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग समेत औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्