सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यस वर्षको चियापान कार्यक्रम स्थगित गरेको छ । कोरोनाभाइरस महामारीका कारण नेकपाले यो वर्ष चियापान कार्यक्रम नगर्ने निर्णय गरेको हो ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै नेकपाले यो कार्यक्रम स्थगित गरेको हो । विगतका वर्षहरुमा आयोजना गर्दै आइरहेको यो शुभकामना आदानप्रदान कार्यक्रम यस वर्ष कोरोना महामारीका कारण स्थगित गर्न परेको नेकपाले जनाएको छ । यसअघि नेकपाले बडादशैं, तिहार, नेपाल सम्वत्, छठलगायतका चाडवाडको अवसरमा यस्ता कार्यक्रम गर्दै आएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।