एजेन्सी ।  इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले संघर्षपूर्ण  जित हात पारेको छ । सोमबार राति भएको खेलमा टोटेनहमले बर्नलीमाथि १-० गोल अन्तरको जित निकालेको हो ।

बर्नलीको मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सनले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६औं मिनेटमा सनले निर्णायक गोल गरेका थिए ।

ह्यारी केनको पासमा सनले निर्णायक गोल गरेका हुन् । जितसँगै टोटेनहम लिगको पाँचौं स्थानमा उक्लिएको छ । टोटेनहमले ६ खेलमा ११ अंक जोडेको छ । बर्नलीले ५ खेलमा १ अंक जोडेको छ । बर्नली लिगको १८औं स्थानमा रहेको छ ।