हेटौंडा । मकवानपुमा थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ५७ जना,थाहा नगरपालिकाका ४ जना,मकवानपुरगढी तथा भीमफेदी गाउँपालिकाका २/२ जना र मनहरी गाउँपालिकाका १ जना गरी ६६ जनामा कारोना पुष्टि भएको हो ।

यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या २ हजार ७ सय ९८ पुगेको जनस्वास्थ्य कार्यलय मकवानपुरका सूचना अधिकारी राम केसीले जानकारी दिए । उनका अनुसार मकवानपुरमा हालसम्म १ हजार ८ सय ३७ जना संक्रमण मुक्त भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।