
हेटौंडा । बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ७९ हजार ६ सय ६१ जना पुगेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १७ जनामा कोरोना पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो संगै संक्रमितको संख्या ७९ हजार ६ सय ६१ पुगेको हो ।
प्रदेशमा हालसम्म कारोना संक्रमण मुक्त हुनेको संख्या ५० हजार ७ सय ४९ रहको छ । प्रदेशभर पछिल्लो २४ घण्टामा थप १० जना संक्रमितको ज्यान गएको छ ।
यो संगै प्रदेशमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ सय ९८ जना पुगेको छ । प्रदेशमा आजको दिनमा २८ हजार ५ सय १४ जना सक्रिय संक्रमित उपचारत रहेका छन् ।
देशभर हालसम्म १ लाख ५५ हजार २ सय ३३ जनामा कोरोना पुष्टि भएको छ । जसमा हालसम्म १ लाख ८ हजार ३ सय ३४ जना संक्रमण मुक्त भएका छन् भने ८ सय ४२ जना संक्रमितको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्