हेटौंडा । नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५६ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ।

यसैगरि पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय २६ संक्रमित निको भएका छन् ।

यो संगै नेपालमा कोरोना निको हुनेको संख्या १ लाख ११ हजार ६ सय ७० पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ४७ जना पुगेको मन्त्रालयले जनाएको छ ।