हेटौंडा । मकवानपुरमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कार्तिक ५ गते लिईएको १ सय ९९ जनाको स्वाबमा ४९ जनाको परीक्षणमा थप १२ जनामा संक्रमण पुष्टि भएको हो ।

पुष्टि हुनेहरुमा ११ जना हेटौंडा उपमहानगरपालिका र १ जना बकैया गाउँपालिकाका रहेका छन् ।

पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका को वडा नंबर १ को २ जना,वडा नंबर २ को १ जना,वडा नंबर ४ को २ जना,वडा नंबर ५ को ३ जना,वडा नंबर ६,७ र १३ को एकएक जना रहेका छन् ।

यसैगरी पुष्टि हुनेमा बकैया गाउँपालिका वडा नंबर ८ का ३४ वर्षीय एक पुरुष रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।