राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाका अवसरमा विभिन्न शक्तिपीठमा दर्शन तथा विजयादशमीको दिन इच्छुक महानुभावलाई टीका प्रदानको कार्यक्रम स्थगन गरेकी छिन् ।

विगतका दशैँमा उक्त परम्परा रहेकामा यस पटक विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण उक्त सबै कार्यक्रम नहुने राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।