हेटौंडा । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल वंगालदेश आसपासमा न्युन चापिय क्षेत्र रहेको छ ।

महाशाखाले हाल प्रदेश न १, प्रदेश न २ र बागमती प्रदेश मा आंशिक बदली रहेको जनाएको छ ।

यस्तो छ आजको मौसम:

कार्तिक ० गते  (निबा):

दिउँसो : प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती प्रदेश १ मा सामान्य बदली तथा बागमती  प्रदेश र गण्डकी प्रदेशमा  आंशिक बदली रही अन्य भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।