सांकेतिक तस्विर

हेटौंडा । मकवानपुरमा थप १ सय २९ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

कार्तिक ५ गते लिईएको १ सय ९९ जनाको स्वाबमा १ सय ३२ जनाको स्वाब पुन परीक्षणको लागि लिइएको थियो । जसमा १ सय २९ जनाको रिपोर्ट नेगेटिभ अर्थात संक्रमण मुक्त रिपोर्ट आएको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । परीक्षणमा ३ जनाको रिपोर्ट पुन पोजेटिभ आएको छ ।

यो संगै मकवानपुरमा कोरोना मुक्त हुनेको संख्या १ हजार ७ सय ६२ पुगेको छ । जिल्लामा हालसम्म संक्रमणको संख्या २ हजार ७ सय ३० रहेको छ ।

हालसम्म कोरोना संक्रमणको कारण यहाँका २२ जनाले ज्यान गुमाएका छन् । शुक्रबार मात्रै मकवानपुरको थाहा नगरपालिकामा होम आइसोलेसन बसेका एक ४३ वर्षीय पुरुषको घरमै ज्यान गएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।