हेटौंडा । बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको संख्या तिब्र गतिमा बढ्दै गएको देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय २५ जनामा कोरोना पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो संगै प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या ७८ हजार ४ सय ४४ पुगेको छ । प्रदेशमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ४९ हजार ८ सय ३६ रहेको छ ।

प्रदेशमा कोरोनाको कारण हालसम्म ३ सय ८८ जनाले ज्यान गुमाएका छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा थप १३ जनाले ज्यान गुमाएका छन् ।

प्रदेशमा आजको दिनमा २८ हजार २ सय २० जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

देशभर संक्रमितको संख्या १ लाख ५३ हजार ८ रहेका छन् । जसमा १ लाख ५ हजार ४ सय ८८ जना संक्रमण मुक्त रहेका छन् भने ८ सय २९ जनाले ज्यान गुमाएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।