
हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा पहिलो पटक कारोना संक्रमणको कारण एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बकैया गाउँपालिकाको वडा नंबर ५ का ५५ वर्षीय पुरुष रहेका गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले बताईन् ।
केहि दिन अघि चितवनमा उपचारको क्रममा उनलाई कोरोना संक्रमण भएको र शुक्रबार घर ल्याईएको उनको आज बिहान ३ बजे होम आइसोलेसनमा मृत्यु भएको हो । उनको शव व्यवस्थापनको तयारी भइरहेको बताईएको छ । उनको परिवारको अन्य ४ सदस्यमा पनि कोरोना संक्रमण रहको बताईएको छ ।
यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्