साङ्केतिक तस्विर

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडले एस्टन भिल्लालाई पराजित गरेको छ । लिड्ससँग हारेसँगै एस्टनको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । सुरुका चार खेलमा लगातार जित दर्ता गरेको एस्टन भिल्ला शुक्रबार राति घरेलु मैदानमै भएको खेलमा एस्टनसँग ३-० ले पराजित भएको हो ।

लिड्सको जितमा दोस्रो हाफमा प्याट्रिक बामफोर्टले ह्याट्रिक गरे । उनले ५५, ६७ र ७४ औँ मिनेटमा गोल गरेका हुन् । पराजयसँगै एस्टन भिल्लाले शीर्ष स्थानमा उक्लिने मौका पनि गुमाएको छ । जितपछि तेस्रो स्थानको लिड्सको ६ खेलबाट १० अंक भएको छ । दोस्रो स्थानमा रहेको एस्टन भिल्लाको पाँच खेलबाट १२ अंक छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।