सांकेतिक तस्विर

हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्र स्थित थाहा नगरपालिकामा थप एक संक्रमितको मृत्यु भएको छ ।

वडा नंबर ३ का ४३ वर्षीय पुरुषबको गएराति १२ बजे होम आइसोलेसनमा मृत्यु भएको थाहा नगरका स्वास्थ्य संयोजक मेघराज बलामीले जानकारी दिए ।

उनलाई गएको कार्तिक ४ गते कोरोना पुष्टि भएको बलामीले बताए । उनको शव व्यवस्थपनको तयारी भईरहेको बताईएको छ ।

यो संगै थाहामा मृत्यु हुनेको संख्या २ पुगेको छ । यस अघि थाहाका एक जना संक्रमितको काठमाण्डौमा उपचारको क्रममा मृत्यु भएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।