हेटौंडा । मकवानपुरमा कोरोना भाइरस संक्रमणको संख्या २ हजार ७ सय १८ जना पुगेको छ ।

जिल्ला पछिल्लो २४ घण्टामा थप ५९ जना (बिहिबार साँझ हेटौंडाका ४२ र शुक्रबार बिहान मकवानपुरका १७ जना) मा कोरोना संक्रमण पुष्टि भए संगै संक्रमण पुष्टि हुनेको संख्या २ हजार ७ सय १८ पुगेको हो ।

जिल्लामा हालसम्म कोरोना मुक्त हुनेको संख्या १ हजार ६ सय ३३ रहेको छ । यहाँ कोरोना संक्रमणको कारण हालसम्म २२ जनाको मृत्यु भएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।