फाईल फोटो

हेटौंडा । कोरोना भाइरस संक्रमणको कारण मकवानपुरका थप ३ जनाको मृत्यु भएको छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका थप ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २ जना पुरुष र १ जना महिला रहेका छन् । मन्त्रालय अनुसार संक्रमणको कारण मृत्यु हुनहरुेमा हेटौंडाका ६६ वषीय पुरुष,५१ वर्षीय पुरुष र ३३ वर्षीया महिला रहेका छन् । मृत्यु हुने तीनै जना जिल्ला बाहिर उपचारको क्रममा मृत्यु भएको जनाईएको छ ।

हेटौंडाका ६६ वर्षीय पुरुष स्वासप्रश्वासमा समस्या भइ असोज ३० गते अस्पताल भर्ना भएका थिए । उनलाई असोज २८ गते कोरोना पुष्टि भएको थियो । उनको उपचारको क्रममा कार्तिक ५ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनी थाइराएड समस्याका बिरामी समेत रहेको जनाइएको छ ।

यसैगरि अर्का मृत्यु हुने ५१ वर्षीय पुरुष निमोनिया भइ असोज २६ गते अस्पताल भर्ना भएका उनमा असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारक्रमा कार्तिक ४ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनि उच्च रक्तचाप समेतका बिरामी रहेको जनाईएको छ ।

यसैगरि हेटौंडाकी ३३ वर्षीया महिला निमोनिया भइ असोज ३० गते अस्पताल भर्ना भएकी उनमा सोहि दिन कोरोना पुष्टि भएको मन्त्रालयलेृ जनाएको छ । उनको उपचारको क्रममा बिहिबार मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो संगै मकवानपुरका कोरोनाको कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ । मृत्यु हुनेमा १९ जना हेटौंडा उपमहानगरपालिकाका र थाहा नगरपालिका,मनहरी,बागमती गाउँपालिकाका एक/एक जना गरी २२ जना रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।