युरोपा लिगमा इंग्लिस क्लब टोटनह्यामले सहज जित निकालेको छ । बिहीबार राति समूह चरणको पहिलो खेल खेलेको टोटनह्यामले अष्ट्रियन क्लब एलएएसकेमाथि ३–० गोलको सहज जित निकालेको हो ।

टोटनह्यामको मैदानमा घरेलु टोलीलाई जिताउन लुका मौरा र सन हिउङ–मीनले समान १–१ गोल गरे भने एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

खेलको १८औं मिनेटमा मौराले गोल गर्दै टोटनह्यामलाई सुरुआती अग्रता दिलाएका थिए । २७औं मिनेटमा एलएएसकेका आन्द्रेस आन्द्राडेले आफ्नै पोस्टमा गोल गरेपछि आर्सनलले आफ्नो अग्रता दोब्बर बनायो ।

८४औं मिनेटमा सनले गोल गर्दै टोटनह्यामलाई सहज जित दिलाए । जितसँगै टोटनह्यामले युराेपा लिगमा सुखद सुरुवात गरेकाे छ । यस्तै समूह ‘जे’को उसले ३ अंक जोडेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।