हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहिबार बिहान आएको ७२ जनाको रिपोर्टमा १९ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि बुधबार साँझ हेटौंडाका ६३ जना सहित मकवानपुरमा ६५ जनामा संक्रमण पुष्टि भएको थियो ।

यस्तो छ आज बिहान आएको रिपोर्ट:

यो संगै हेटौंडा उपमहानगरपालिकामा कोरोना पुष्टि हुनेको संख्या २ हजार २ सय ६३ पुगेको छ ।

यहाँ हालसम्म पुष्टि भएका संक्रमितमा १ हजार ३ सय २८ जना संक्रमण मुक्त भएका छन् भने कोरोनाको कारण यहाँका १६ जनाको ज्यान गएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।