यूइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले जीत निकालेको छ । घरेलु मैदानमा सम्पन्‍न खेलमा सिटीले पोर्टोलाई ३-१ ले हरायो ।

सिटीको मैदानमा भएको खेलमा पोर्टोले सुरुआती अग्रता बनाएको थियो । खेलको १४औं मिनेटमा लुइस डियाजले गोल गरेपछि पोर्टोले अग्रता बनाएको थियो । २०औं मिनेटमा सिटीले पेनाल्टीको मौका पायो, जसमा सर्जियो अगुएरोले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए ।

६५औं मिनेटमा इल्के गुन्डोगानले गोल गरेपछि सिटीले अग्रता बनाएको थियो । ७३औं मिनेटमा फरान टोरेसले गोल गर्दै सिटीलाई ३–१ गोलको जित दिलाए ।

जितसँगै समूह ‘सी’को सिटीले ३ अंक जोडेको छ । सोही समूहको ओलम्पिकसले मार्सेलीमाथि १–० गोलको जित दर्ता गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।