file photo

हेटौंडा । बागबती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

केही समय अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि होम आइसोलेसनमा बस्दै आएका मुख्यमन्त्री पौडेललाई बिहीवार कोरोना पुष्टि भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्रीको सचिवालय अनुसार मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक जना सुरक्षाकर्मी, २ जना चालक र एक जना कार्यालय सहयोगीमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।