सांकेतिक तस्विर

हेटौंडा । मकवानपुरमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या एक हजार ६ सय ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५३ जना संक्रमण मुक्त भए संगै कोरोना मुक्त हुनेको संख्या १ हजार ६ सय ३३ पुगेको हो ।

जिल्लामा हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ हजार ६ सय ५९ पुगेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरका सूचना अधिकारी राम केसीले जानकारी दिए । जिल्लामा आज बिहान पनि हेटौंडा उपमहानगरपालिकाका १९ जनामा संक्रमण पुष्टि भएको थियो ।

जिल्लामा हालसम्म मकवानपुरका १९ जनाको कारोना संक्रमणको कारण ज्यान गएको सूचना अधिकारी केसीले बताए । उनका अनुसार आज जिल्लामा एक सय जना आइसोलेसनमा र ८ सय ९७ जना होम आइसोलेसनमा उपचाररत रहेका छन् ।

जिल्लामा हालसम्म संक्रमण पुष्टि भएर थप उपचारको लागि बाहिरि जिल्ला पठाईएको संख्या ९ रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।