हेटौंडा । कोरोना सङ्क्रमण फैलिएसँगै बागमती प्रदेशको राजधानी हेटौंडामा फूलपाती भित्र्याउने कार्य स्थगन गरिएको छ ।

सरकारी तबरबाटै फूलपाती भित्र्याउने परम्परा रहे पनि यसवर्ष कोरोना भाइरसका कारण स्थगन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लाका भुटनदेवी, चुरियामाई, गोरेक्षश्वर, मनकामना मन्दिर, चिसापानी र मकवानपुर गढीलगायत शक्तिपीठमा नित्य पूजाआजा मात्र गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

शक्तिपीठ तथा मन्दिरमा सर्वसाधारणको भीड हुन नदिन प्रहरी परिचालन गरिने कार्यालयले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।