हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलाश गाउँपालिका वडा नंबर १० का ४८ वर्षीय जिवन मोक्तान रहेका छन् ।

गयराति ८:३० बजे आफ्नै घरमा बत्तीको प्लक मिलाउने क्रममा करेन्ट लागेर मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।