हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नंबर ८ का जित बहादुर लोप्चन ३ लाख २१ हजार नक्कली नोटसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यलय चितवन अनुसार उनलाई चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडाबाट १२ हजारको नोटसहित पक्राउ गरिएको हो ।

पक्राउ गरिएको लोप्चनलाई थप अनुसन्धान गर्दा लोप्चनले घरमा लुकाई राखेको एक हजार दरको ३०२ थान गरी ३ लाख २ हजार नगद बरामद गरिएको चितवन प्रहरीले जनाएको छ ।

पक्राउ गरी थप अनुसन्धान गर्दै जाँदा एक हजारको ७ थान जम्मा ७ हजार बराबरको बजारका विभिन्न पसलमा लोप्चनले सामान किन्दा दिएको रकम बरामद गरिएको समेत गरी ३ लाख २१ हजार रुँपया बरामद गरिएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । पक्राउ परेका लोप्चन माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।