भारतमा केही समययता कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । संक्रमित घटेसँगै मृत्युदरमा पनि कमी आएको छ । निको हुनेको संख्या पनि बढ्दै गइरहेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा भारतमा ५६ हजार जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ७७ लाख ५ हजार १ सय ५८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ७ सय ३ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख १६ हजार ६सय ५३ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ७९ हजार ३ सय ४५ जना निको भएका छन् भने निको हुनेको कुल संख्या ६८ लाख ७१ हजार ८ सय ९५ रहेको छ।  भारतको महाराष्ट्र राज्य, तमिल नाडु, मुम्बइ, गुजरात लगायतका ठुला शहरहरुमा कोरोनाबाट बढी प्रभावित भएका छन् ।