हेटौंडा । बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ७३ हजार ३ सय ३१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ९४ जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या ७३ हजार ३ सय ३१ जना पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा हालसम्म संक्रमण पुष्टि भएका संक्रमितमा ४५ हजार ८ सय ६२ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा कोरोनाको कारण हालसम्म ३ सय ५९ जनाले ज्यान गुमाएका छन् । प्रदेशमा आजको दिनमा २७ हजार १ सय १० जना संक्रमित उपचाररत रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।