
हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले गाउँपालिकामा कोरोना भाइरस संक्रमितको संख्या बढे संगै संक्रमितको उपचारको लागि १५ वेडको आइसोलेसन वार्ड संचालनमा ल्याएको छ ।
गाउँपालिकाले वडा नंबर ८ स्थित जनता माविमा संचालन गरेको आइसोलेसनमा आजको दिनमा १५ जना संक्रमित उपचाररत रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक दिनेश गुप्ताले जानकारी दिए । उनले संक्रमितको संख्या बढ्दै गएको खण्डमा आइसोलेसनको क्षमता बढाईने बताए ।
स्वास्थ्य संयोजक गुप्ताका अनुसार गाउँपालिकामा हालसम्म ५५ जनामा कोरोना भाइरस पुष्टि भएकामा ३१ जना संक्रमण मुक्त भइसकेका छन् । गाउँपालिमा पुष्टि भएकामा हाल ८ जना होम आइसोलेसनमा उपचाररत छन् । कारोनाको कारण गाउँपालिकाका एक जनाको जिल्ला बाहिर उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्