File photo

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप ३ हजार २ सय १५ जना संक्रमित संक्रमण मुक्त भएका छन् । यो संगै हालसम्म ुंक्रमण मुक्त हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ रहेको छ भने ३ हजार ७ सय ५१ जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय १२ पुगेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।