इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले कोलकोता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।

कोलकोताले दिएको ८५ रनको लक्ष्य पछाएको बैंगलोरले १३.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । बैंगलोरका लागि गुरकीरत सिंहले अविजित २१ रन बनाए भने देवदत्त पाडिकलले २५, एरोन फिन्चले १६ तथा कप्तान विराट कोहलीले अविजित १८ रन बनाएका थिए । कोलकोताका बलर लुकी फर्गुसनले एक विकेट लिए भने एक रन रनआउटको रुपमा लिएको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ८ विकेट गुमाउदै ८४ रन मात्र बनाएको थियो । कोलकोताका लागि कप्तान इयोन मोर्गनले सर्बाधिक ३० रन बनाएका थिए भने टम बानटनले १०, लुकी फर्गुसनले अविजित १९ र कुलदीप यादवले १२ रन बनएका थिए ।

कोलकोताका ब्याट्सम्यान शुभमन गिल र राहुल त्रिपाठी १-१ रनमा, नितिश राना शुन्यमा, दिनेश कार्तिक र पाट कमिन्स ४-४ रन बनाएर आउट भएका थिए ।

बैंगलोरका बलर मोहमद सिराजले ४ ओभरमा २ मेडनसहित ८ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै युजेवेन्द्र चहलले २ विकेट लिएका थिए । त्यसैगरि नवदीप सैनी र वाशिंगटन सुन्दरले एक एक विकेट लिएका थिए ।

यो जितसँगै रोयल च्यालेन्जर्स बैंगलोरले १० खेलमा आफ्नो सातौ जित हासिल गरेको छ । बैंगलोर ७ जित र ३ हारसहित १४ अंक हासिल गर्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै कोलकोताको भने यो पाँचौं हार हो । १० खेलमा कोलकोताले ५ जित ५ हार बेहोर्दै १० अंकसहित चौथो स्थानमा रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।