-अशिम खनाल/हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिकाको विभिन्न स्थानबाट एक युवति सहित ३ जनालाई लागु औषध सहित पक्राउ गरेको छ ।

प्रहरीले मंगलबार साँझ ६ बजे बाट ९ बजे सम्मको समययमा ३ जनालाई छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर १० राप्तिरोडका २६ वर्षीय एलिस श्रेष्ठ रहेका छन् । उनलाई प्रहरीले गएराति राप्तिरोडबाट १३ एम्पुल डाइजेपाम, १६ एम्पुल फनारागन, १५ एम्पुल नुर्फिन सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसैगरि लागुऔषध सहित पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ६ गौरिटारकी २३ वर्षीया नम्रता चौलागाई रहेकी छिन् । उनलाई गौरिटारबाट ७५ पिस नाइट्राभेट सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

यसैगरि प्रहरीले लागुऔषध सहित हेटौंडा उपमहानगरपालिका वडा नंबर १७ हटियाका २७ वर्षीय दिपेश भुजेललाई पक्राउ गरेको छ । उनलाई हटियाबाट लागुऔषध ९५ पिस नाइट्रोभेट सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनिहरु हाल जिल्ला प्रहरी कार्यलय मकवानपुरको नियन्त्रणमा रहेको र थप आवश्यक अनुसन्धान भईरहेको प्रवक्ता रानाले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।