हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्र स्थित थाहा नगरपालिकामा हालसम्म ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मकवानपुरमा हालसमम २ हजार ५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा  यहाँ जम्मा ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा हालसम्म १ हजार ५ सय ८० जना संक्रमित निको हुँदा यहाँका २५ जना संक्रमित संक्रमण निको भएका छन् । हालसम्म जिल्लाका १९ जनाको संक्रमणको कारण ज्यान जाँदा यहाँका एक जनाको संक्रमणको कारण ज्यान गएको छ । यहाँ हाल १० जना संक्रमित होम आइसोलेसन र ३ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।

मकवानपुरमा आजको दिनमा ९ सय ६८ जना संक्रमित आइसोलेसन र होम आइसोलेसनमा उपचाररत रहेका छन् ।