हेटौंडा । हेटौंडा १४ नंबर टोल स्तरिय फुटबल प्रतियोगिताको उपाधी न्यु स्टार युवा क्लव महिला र युपी युनाईटेड क्लवले हात पारेका छन् ।

मंगलवार भएको फाईनल खेलमा समाज कल्याण युवा क्लव लाई युपी युनाईटेड क्लवले २ विरुद्ध ३ गोलको अन्तरले विजय गरेको थियो ।

त्यस्तै महिला फुटबल टिम तर्फ न्यु स्टार युवा क्लव महिलाले समाज कल्याण युवा क्लव महिलासंग भएको खेलमा टाईब्रेकरमा ३ विरुद्ध ४ गोलको अन्तरले जित्न सफल भएको थियो ।

मदन भण्डारी स्पोर्टस एकेडेमी १४ नंबर वडा कमिटिका अध्यक्ष सुरेश रुम्बाको सभाध्यक्षता भएको कार्यकक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको प्रमुख आथित्यता रहको थियो ।  कार्यक्रममा प्रमुख खुलाले यसरी नै युवाहरुलाई खेल क्षेत्रमा अघि बढ्न आग्रह गरेका थिए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नंम्वर वडाका अध्यक्ष नविन सिग्देल , १४ नंम्वर वडा अध्यक्ष दिपक खड्का , जिल्ला खेलकुद समितिका अध्यक्ष सानु लामा , फुटवल संघका अध्यक्ष टिका लामा , मदन भण्डारी स्पोर्टस एकेडेमी नगर कमिटि अध्यक्ष सविन लामा , मदन भण्डारी स्पोर्टस एकेडेमी जिल्ला उपाध्यक्ष प्रकाश सुवेदी,मदन भण्डारी स्र्पोटस् एकेडेमी जिल्ला सदस्य नितेश लामीछाने लगायतका उपस्थिति रहेको थियो ।

असोज २८ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा ८ वटा टिमले भाग लिएका थिए । उपाधी हात पार्ने टिमले खशी र उपविजेता हुने टिमले बोका पाएका पाएका थिए । त्यस्तै महिला टिम तर्फ विजय हुनेले ट्रफी सहित मेडल प्रमाण पत्र पाएका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।