युइएफए च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको खेलमा म्यानचेस्टर युनाइटेडले पिएसजीलाई पराजित गरेको छ ।

गएराती सम्पन्न पिएसजीको घरेलु मैदानमा भएको खेलमा युनाइटेडले पिएसजीलाई २-१ गोल अन्तरले जित हासिल गरेको हो ।

युनाइटेडको जितमा ब्रुनो फर्नानडेज र मार्कोस राशफोर्डले एक/एक गोल गरेका थिए भएन पिएसजीका लागि युनाइटेडकै एन्थोनी मार्सियलले आत्मघाती गोल गरेका थिए ।

यो जितसहित समुह एचमा म्यानचेस्टर युनाइटेडले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । यसै समुह अन्तर्गत गएराती सम्पन्न खेलमा आरबी लेइपजिंगले इस्तानबुल बसाकसेहिरलाई २-० गोल अन्तरले पराजित गर्दै ३ अंक हासिल गरेको छ ।

अब पिएसजीले अर्को खेल अक्टोबर २८ मा इस्तानबुल बसाकसेहिरसँग खेल्दै छ भने म्यानचेस्टर युनाइटेडले अक्टोबर २९ मा आरबी लेइपजिंगविरुद्ध खेल्दै छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।