यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समुह चरणका खेलहरु गएरातीबाट शुरु भएका छन् । गएराती सम्पन्न खेलमा युभेन्टसले डाइनामो किभलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

युभेन्टसको जितमा दुवै गोल अल्भारो मोराटाले गरेका हुन् । मोराटाले खेलको ४६ र ८४औ मिनेटमा गोल गर्दै युभेन्टसलाई जिताएका थिए ।

कोरोना संक्रमणका कारण बाहिर रहेका क्रिस्टियानो रोनाल्डो बिना युभेन्टसले च्याम्पियन्स लिगमा राम्रो शुरुवात गरेको छ । जितसँगै युभेन्टसले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । अब च्याम्पियन्स लिग अन्तर्गत युभेन्टसले अर्को खेल अक्टोबर २९ मा बार्सिलोनाविरुद्ध खेल्ने छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।