जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा खराब प्रदर्शन गरिरहेको चेन्नई सुपरकिंग्सलाई झट्का लागेको छ । वेस्टइण्डिजका अलराउन्डर डवाने ब्राभोले इन्जुरीका कारण आइपिएलका बाँकी खेल गुमाउने भएका छन् ।

ब्राभोको कम्मर तिघ्राको बीच भाग (ग्रोइन) मा चोट देखिएकाले बाँकी खेल नखेल्ने भएका हुन् । ब्राभो गत शनिबार दिल्ली क्यापिटल्सविरुद्धको खेलमा घाइते भएका थिए । उनले सो खेलमा अन्तिम ओभर बलिङ गर्न सकेका थिएनन् । अन्तिम ओभरमा दिल्लीलाई जितका लागि १७ रन आवश्यक रहेका बेला रविन्द्र जडेजाको बलिङमा दिल्लीले सजिलै जित हासिल गरेको थियो ।

ब्राभोले यस सिजनमा ६ खेल खेल्दै ६ विकेट लिएका छन् । त्यस्तै चेन्नई भने यस सिजनमा खराब प्रदर्शन गर्दै अहिलेसम्म खेलेका १० खेलमा ७ खेलमा हार बेहोर्दै ३ खेलमा मात्र जित हासिल गरेर अंक तालिकामा पुछारमा रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।