कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीले दशैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने भएका छन् ।

प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीसहित ७ जना मन्त्रीको दशैँ भत्ता कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

विगतमा पनि १ महिनाको पारिश्रमिक कोषमा दिएको जानकारी गराउँदै मन्त्री बस्नेतले दशैँ भत्ता पनि कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको जनाए ।

कोभिड १९ को उपचार र व्यवस्थापन सम्बन्धमा सामाजिक सञ्जालमा आएका विषयको पछि नलाग्न आग्रह गर्दै प्रदेश सरकारले कोरोनाको उपचार निःशुल्क रूपमा यथावत राख्ने स्पष्ट पारेको छ ।

गण्डकी प्रदेशका ३८ ठाउँका आइसोलेसनबाट उपचार भइरहेको र पीसीआर परीक्षण एवं उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको प्रवक्ता बस्नेतले जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।