
नेपाली बजारमा आज सुनको भाउ बढेको छ ।
साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको थियो ।
सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार पनि स्थिर रहेको थियो । आज बुधबार भने सुन एकै दिन ८ सयले बढेको छ ।
आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रूपैंयाँ तोकिएको छ ।
बुधबार चाँदीको मूल्य भने ३० रुपैयाँ बढेको छ ।
आज चाँदीको मूल्य १ हजार २४० रूपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्