भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई कोरोना भाइरस (कोभिड-१९)  पुष्टि भएको छ ।

सोमबार मन्त्री नेम्वाङले आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्‍जाल मार्फत जानकारी गराएका छन् ।

उनले भनेका छन्, “आजको पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ देखियो । मेरो सम्पर्कमा रहेका सम्पूर्णलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गर्दछु ।”

यसअघि  पर्यटन मन्त्री योगेश भट्टराई, शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।