भारतीयको नियन्त्रणमा रहेका चिनियाँ सैनिक फिर्ता गर्ने वाचा पूरा गर्न चीनले आग्रह गरेको छ । चीनको पिपुल्स लिबरेशन आर्मी वेस्टर्न थिएटर कमाण्डका प्रवक्ताले भारतले आफ्नो जवानलाई फिर्ता गर्ने आशा व्यक्त गरेका हुन् ।  ‘हामीलाई आशा छ भारतले आफ्नो वाचा निभाउने छ र हाम्रा जवानलाई फिर्ता पठाउने छ’, उनले भनेका छन् ।

सीमा पार गरेर भारततर्फ आएको भन्दै भारतले पूर्वी लद्दाखको डेमचेक सेक्टरमा एक चिनियाँ सैनिकलाई नियन्त्रणमा राखेको छ ।  भारतले उनले नियन्त्रण रेखा पार गरेपछि नियन्त्रणमा लिएको दाबी गरेको छ । भारतले चिनियाँ सैनिक नियन्त्रणमा लिएको विषयमा चीनको पिपुल्स लिबरेशन आर्मीलाई जानकारी दिएको बताएको छ ।

नियन्त्रणमा लिइएका चिनियाँ सैनिकलाई अत्यधिक चिसोबाट बच्नका निम्ति स्वास्थ्य सामग्री, खक्सिजन, खाना र कपडा दिएको दाबी भारतको छ  उसले एक विज्ञप्ति सार्वजनिक गर्दै आचारसंहिता अनुसार नियन्त्रणमा लिइएका सैनिकलाई फिर्ता पठाउने बताएको छ ।

चिनियाँ मिडियाका अनुसार ति सैनिक एक गोठालालाई सहयोग गर्न जाने क्रममा आइतबार सीमा पार गर्न पुगेका थिए । लद्दाख क्षेत्रमा भारत र चीनबीच लामो समयदेखि विवाद छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।