हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर १९ नेवारपानी स्थित यात्रु बहाक बस र ट्रक ठोक्किदा १५ जना घाईते भएका छन् ।

सोमबार दिउँसो हेटौंडाबाट मनहरी तर्फ जादैगरेको ना २ ख ९०३८ नंबरको बस र विपरित दिशातर्फ बाट आउँदै गरेको ना ५ ख ८५८९ नंबरको ट्रक भित्री बाटोमा प्रवेश गर्न लाग्दा एक आपसमा ठक्कर खाएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा १५ जना सामान्य घाईते भएको र उनिहरुको चुरेहिल अस्पतालमा सामान्य उपचार डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले बताए ।