File photo

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा तीन लाख २० हजार पाँच सय ६५ नयाँ संक्रमित थपिए संगै विश्वमा संक्रमितको संख्या चार करोड नाघेको हो । यो संगैसंक्रमितको संख्या ४ करोड २ लाख ५९ हजार ८ सय ५७ पुगेको छ ।

वाल्डो मिटरका अनुसार संक्रमितमध्ये ११ लाख १८ हजार ९५ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये तीन करोड ९५ हजार चार सय १३ जना निको भएका छन् । विश्वभर हाल ९० लाख ४६ हजार तीन सय ४९ जना संक्रमित उपचाररत रहेको छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।