स्पेनिस ला लिगामा बार्सिलोना पराजित भएको छ । गएराती सम्पन्न खेलमा गेटाफेले बार्सिलोनालाई १-० गोल अन्तरले पराजित गरेको हो । गेटाफेको जितमा खेलको ५६औ मिनेटमा पेनाल्टीबाट जेमी माटाले खेलको एक मात्र गोल गरेका थिए

बार्सिलोनाका म्यानेजर रोनाल्ड कोम्यानको क्लबमा आएपछिको यो पहिलो हार हो । साथै अक्टोबर २४ मा हुने एल क्लासिको अघि बार्सिलोना पराजित भएको छ ।

यो जितपछि गेटाफे ५ खेलमा ३ जित एक बराबरी र एक हारसँगै १० अंक सहित दोस्रो स्थानमा रहेको छ भने बार्सिलोना ४ खेलमा २ जित एक बराबरी र एक हारसहित ७ अंक लिएर नवौ स्थानमा रहेको छ ।बार्सिलोनाले अब अर्को खेल बुधबार राति च्याम्पियन्स लिगको समुह चरणको पहिलो खेलमा फेरेन्कभारोसविरुद्ध खेल्दै छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।