स्पेनिस ला लिगामा रियल म्याड्रिड नव प्रवेशी क्याडिजसंग स्तब्ध बनेको छ । रियरल घरेलु मैदानमा क्याडिजसँग १–० ले स्तब्ध बनेको हो ।

नयाँ सिजनको ला लिगामा रियलको यो पहिलो हार हो । पहिलो खेलमा रियल सोसिडाडसँग बराबरीमा रोकिएको रियलले त्यसपछिको सबै तीन खेलमा जित हात पारेको थियो ।

रियललाई स्तब्ध बनाउन एन्थोनी लोसानोले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले १६औं मिनेटमा अल्भेरो नेग्रेडोको पासमा गोल गर्न सफल भएका थिए ।

हारपछि पनि रियल गोल अन्तरमा शीर्षस्थानमा यतावत रहेको छ । रियलको ५ खेलबाट १० अंक रहेको छ । समान खेलबाटै गेटाफे र क्याडिजको पनि १० अंक पुगेको छ । तर, गोलअन्तरमा गेटाफे र क्याडिज दोस्रो र तेस्रो स्थानमा रहेको छ । एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।