हेटौंडा । साझा पार्टीको बागमती प्रदेश सांसद शोभा शाक्यले दशैं भत्ता फिर्ता गर्ने जनाएकी छन्। सांसदको तलबसँगै खातामा दाखिला भएको भत्तावापतको रकम फिर्ता गरी कोभिड कोषमा दाखिला गर्ने शाक्यले बताएकी छन्।

‘कोभिड १९ को महामारीका कारण देश संकटमा परिरहेको र ठूलो संख्यामा नागरिक हातमुख जोर्न पनि नसक्ने अवस्थाबाट गुज्रिरहेका बेला जनप्रतिनिधिहरूले दशैं भत्ता लिनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त हुँदैन’ आइतबार विज्ञप्ति प्रकाशित गरी शाक्यले भनेकी छन्।

उनले सबै सांसदहरूलाई दशैं भत्ता फिर्ता गर्न र प्रदेश सरकारलाई सबै अनावश्यक खर्च कटौती गरी कोभिड १९ नियन्त्रण र उपचारमा लगाउन पनि आग्रह गरेकी छन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।